Joomla Templates and Joomla Extensions by ZooTemplate.com

परिचय – Introduction नेपाल कै तेस्रो पर्यटकिय स्थल सौराहा र नेपाल कै पहिलो राष्ट्रिय निकुञ्ज चितवन राष्ट्रिय निकुञ्ज सँग नजिक रहेकोनगरपालिका हो रत्ननगर नगरपालिका । विश्वमा नै लोपोन्मुख रहेको एक सिंगे गैंडा पाइने चितवन राष्ट्रिय निकुञ्जसँगै रहेको रत्ननगर नगरपालिका नेपाल कै पहिलो खुल्ला दिशामुक्त नगरपालिका हो । देशको तेस्रो पर्यटकिय स्थल सौराहा क्षेत्रलाई समेटेर रहेको रत्ननगनगरपालिका व्यापार, शिक्षा, स्वास्थ, कृषिको लागि अत्यन्त राम्रो क्षेत्र मानिन्छ । समुन्द्री सतह देखि २१४ मिटरको उचासम्म फैलिएको यो नगरपालिका नेपालको मध्य भागमा रहेको नारायणी अञ्चलको चितवन जिल्लामा पर्दछ । क्षेत्रफलकोहिसावले ६८.६७ वर्ग किलो मिटर क्षेत्रफैलिएको यो नगरपालिका राजधानी काठमाण्डौं देखि १५२ किलो मिटरको दुरी मा रहेको छभने सदरमुकाम भरतपुर देखि १२ किलोमिटर पूर्वमा पर्दछ । जम्मा १९ वटा वडामा विभाजीत यो नगरपालिका संविधान सभाकोक्षेत्र नं. २ मा पर्दछ । उष्ण हावा पानी भएको यस नगरपालिकामा ३८.४८प्रतिशत कृषि क्षेत्र, १४.७०प्रतिशत वन क्षेत्र,१५.७६प्रतिशत आवास क्षेत्र र ४.५१ प्रतिशत घाँसे मैदान छ । वि.सं. २०५८ सालको जनगणना अनुसार ३५,३३५ र २०६८ सालको जनगणना अनुसार ६९,८५१ रहेको ३६,५९५ महिला र ३३,२५६ पुरुष रहेको छ  भने २०६५ को जनगणना अनुसार १६,०७० घरधुरीसंख्या रहेको छ ।

 

काशीराम गैरे
प्रमुख एंव
कार्यकारी अधिकृत
रत्ननगर नगरपालिका

 

लिला नाथ अर्याल
सुचना अधिकृत
रत्ननगर नगरपालिका

थप सल्लाह सुझाव को लागि
Email:lilanatharyal@gmail.com
M.I.C. Ratnanagar